News Griha :: न्यूजगृह
आज कुन तरकारीको मूल्य कति? हेर्नुहोस् सूची
आज कुन तरकारीको मूल्य कति? हेर्नुहोस् सूची फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले सोमबार बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।
झोलुङ्गे पुल बनेसँगै म्याग्दीको तातोपानी कुण्ड यात्रा सहज
झोलुङ्गे पुल बनेसँगै म्याग्दीको तातोपानी कुण्ड यात्रा सहज नक्साङ्कनमा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ र पाउद्वार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आव २०७५/०७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन। 
सिमलताल दुर्घटना :  थप दुई शवको सनाखत, चार जनाको पहिचान हुन बाँकी
सिमलताल दुर्घटना :  थप दुई शवको सनाखत, चार जनाको पहिचान हुन बाँकी नारायणी नदीमा भेटिएका थप दुई शव सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका यात्रुको भएको पुष्टि भएको छ। यसअघि पाँच यात्रुको शव भेटिएर आफन्तले सनाखत गरेका थिए। खोजी र उद्धारका क्रममा हालसम्म नारायणी नदी तट र त्रिवेणी नहरबाट ११  शव भेटिएका छन्।
डेडिकेटेड तथा ट्रंकलाइनको महशुल किस्ताबन्दीमा तिर्न सकिने
डेडिकेटेड तथा ट्रंकलाइनको महशुल किस्ताबन्दीमा तिर्न सकिने प्राधिकरणले सोमबार सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताले प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्नेगरी व्यवस्था मिलाएको जनाएको हो।
मनकामना केबलकार आजदेखि ५० दिन बन्द
मनकामना केबलकार आजदेखि ५० दिन बन्द केबलकारका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्यका लागि असार ३१ गते देखि भदौ २० गतेसम्म केबलकार बन्द हुने बताएको छ। 
सिमलताल दुर्घटना : ११ शव भेटिए, ५ को मात्र सनाखत
सिमलताल दुर्घटना : ११ शव भेटिए, ५ को मात्र सनाखत शुक्रबार बिहान चितवनको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत  भएको छ।
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा 
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा  गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदा दिएको हो। 
यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना
यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।
थानकोट–चित्लाङ सडक साउन २० गतेसम्म बन्द
थानकोट–चित्लाङ सडक साउन २० गतेसम्म बन्द थानकोट–चित्लाङ सडकको स्तरोन्नतिका क्रमका सेतो पहरो सडक खण्डमा उच्च ग्रेड कम गर्न र सडकको चौडाइ कम भएको भागमा ब्याक कटिङ र ग्रेड डाउन गर्ने क्रममा सम्भावित दुर्घटना हुन नदिन सवारी साधनको आवागमन बन्द गरिने भएको हो ।
नारायणी नदीमा थप ४ शव भेटिए, सनाखत हुन बाँकी
नारायणी नदीमा थप ४ शव भेटिए, सनाखत हुन बाँकी जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका—७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका—२६ सिसुवामा एउटा शव फेला परेको हो।
अविरल वर्षाले सरावलमा १२ सय बिघा धानखेती डुबानमा
अविरल वर्षाले सरावलमा १२ सय बिघा धानखेती डुबानमा लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुुबानमा परेको छ । लगातार चार दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो।चार दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी नघट्नुका साथै रोपाइँ गरेको धान पनि नष्ट भएको गाउँपालिकाका कृषि प्राविधिक कूलदीपनारायण मिश्राले बताए। 
सिमलताल बस दुर्घटनाः बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउने तयारी
सिमलताल बस दुर्घटनाः बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउने तयारी गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन्। सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित यहाँ आएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दुतावाससँग कुरा...
Weather Update