News Griha :: न्यूजगृह
डेडिकेटेड तथा ट्रंकलाइनको महशुल किस्ताबन्दीमा तिर्न सकिने

काठमाडौं—  नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत खपत गरेका उद्योगले किस्ताबन्दीमा बक्यौता महशुल बुझाउन सक्ने बताएको छ।

प्राधिकरणले सोमबार सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उपभोक्ताले प्राधिकरणलाई तिर्न बाँकी रहेको विद्युत महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्नेगरी व्यवस्था मिलाएको जनाएको हो।

किस्ताबन्दीको सुविधा लिन इच्छुक उपभोक्तालाई सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गर्न प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले भनेको छ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०८:२०
Weather Update