News Griha :: न्यूजगृह
कालीकोटमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

कालीकोट— रास्कोट नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

रास्कोट नगरपालिका-५ अन्तर्गत आरसीपी बजारको सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

दुर्घटनामा चालकसहित अन्य दुई जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा चालकको बाटाे मै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टरमा सवार अन्य दुई जना पनि गम्भिर घाइते छन्। घाइते रास्कोट नगरपालिका–२ का नम सार्कीको शरीरको भित्री भागमा चोट लागेको छ भने वडा नम्बर ५ कै प्रकाश तिरुवाको टाउकोमा चोट लागेको छ। 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०९:५४
Weather Update