News Griha :: न्यूजगृह
सिमलताल दुर्घटना : ११ शव भेटिए, ५ को मात्र सनाखत
त्रिशूली नदीमा बेपत्ता यात्रुको खोजी गरिदै।

चितवन— शुक्रबार बिहान चितवनको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत  भएको छ।

खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए/नभएको पुष्टि भइसकेको छैन।

चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए। जसमा तीनजना यात्रु सकुशल रहेका छन्।

दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनास्थलभन्दा धेरै पर त्रिवेणीसम्म शवहरु भेटिएका छन्। दुवै बसमा गरेर ९ जना भारतीय यात्रु थिए। ३ जना भारतीय यात्रुको शव भेटिएको छ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०७:४०
Weather Update