News Griha :: न्यूजगृह
यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं— देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो।

दिउँसो पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले बताएको छ। 

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०६:५०
Weather Update