News Griha :: न्यूजगृह
सिमलताल दुर्घटनाः नारायणी नदीमा थप एक शव फेला

चितवन— पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा मङ्गलबार बिहान एउटा शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो। शवको पहिचान खुलेको छैन।

नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको अहिले उत्खनन गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

त्रिशूली बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ। यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो।

हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ यात्रुको अवस्था अझै अज्ञात छ। सिमलताल दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमि तल गण्डक ब्यारेजमा भेटिन थालेकोले सो क्षेत्रमा खोजी तीब्र पारिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १०:२७
Weather Update