News Griha :: न्यूजगृह
मन्त्रिपरिषद्को पहिलो निर्णयः त्रिवि क्रिकेट रङ्गशालालाई सुविधासम्पन्न बनाउने 

काठमाडौं— मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गर्ने निर्णय गरेको हो।

उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २१:०७
Weather Update