News Griha :: न्यूजगृह
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौं— बाराको सिमरामा यात्रु बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ।

चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस मङ्गलबार बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घाइतेहरूको वीरगञ्जस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:३८
Weather Update