News Griha :: न्यूजगृह
सहकारी छानबिन समितिले गर्‍यो पूर्वसचिव र महालेखापरीक्षकसँग छलफल
फाइल तस्बिर।

काठमाडौं— सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मङ्गलबार पूर्वसचिव र पूर्व महालेखापरीक्षकसँग छलफल गरेको छ ।

समितिले पूर्व महालेखापरीक्षक तथा पूर्व रजिस्ट्रार टङ्कमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा दामोदर रेग्मीसँग छलफल गरेको हो । 

‘सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी सङ्कट लगायत विभिन्न संरचनाहरूको स्थापना लगायत संरचनाहरूको कानुनी एवं व्यवहारिक अभ्यास र अनुभवको सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ,’ सभापति सूर्य थापाको भनाइ छ ।     

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १६:३३
Weather Update