चन्द्रागिरि केबलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार

काठमाडौं— चन्द्रागिरि केबलकारमा अडकिएका सबै यात्रुको सकुशल उद्धार गरिएको छ।
बुधबार दिउँसो करिब साढे १२ बजेतिर अचानक विद्युत सेवा अवरुद्ध भएपछि झण्डै ७० जनाजति यात्रु केबलकारमा अडकिएका थिए।
स्टेसन नजिक रहेका ८ जना यात्रुको भर्याङ लगाएर उद्धार गरिएको र अन्यको केबलकारबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १८:०१













