News Griha :: न्यूजगृह
सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेला
सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेला चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ। 
ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपत्ता
ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपत्ता शुक्रबार बिहान करिब ८ बजे हेटौँडाका वीरबहादुर योञ्जन नाम गरेका करिब ३२ वर्षका सह चालक त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ। 
कोटेश्वरको एक गेष्टहाउसबाट ६ बालिकाको उद्धार
कोटेश्वरको एक गेष्टहाउसबाट ६ बालिकाको उद्धार बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। 
त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव भेटियो
त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव भेटियो शवको सनाखत हुन बाँकी छ। शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ। योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ। जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेर लगेका छन्।
झापामा गत आर्थिक वर्षमा चार हात्ती मरे
झापामा गत आर्थिक वर्षमा चार हात्ती मरे झापामा २५ देखि ३० रैथाने हात्तीमध्ये १० रैथाने हात्तीको नामकरणसमेत गरिएको छ। पछिल्लो समय हात्तीलाई जङ्गलभित्रै रहने वातावरण निर्माण गर्न वनभित्र सिमसार, हात्तीफल, केरा, बाँस लगायतका हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ। हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरन लगायतका सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताए। 
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ।
द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन
द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन श्रेष्ठसँग पर्यटन उद्योगका विभिन्न संघसंगठनमा नेतृत्वदायी भूमिका रहेर लामो समय काम गरेको अनुभव छ। श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन्। उनले विभिन्न ट्राभल एजेन्सीसमेत चलाइरहेकी थिइन्।
एक किलो कोकिनसहित २ विदेशी पक्राउ
एक किलो कोकिनसहित २ विदेशी पक्राउ उनी कतार एअरलाइन्सबाट साउन १ मै काठमाडौं आएका थिए। उनले ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि उक्त लागुऔषध ल्याएको खुलेको छ। ज्याकेटबाट निकालेर जुसको बट्टामा रालेको अवस्थामा कोकिन बरामद भएको थियो। 
बाढीपहिरोले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त 
बाढीपहिरोले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त  यसैबीच, याङवरकका पाँचवटा वडामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले राससलाई जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोबाट हालसम्म १० परिवार पूर्ण रूपमा विस्थापित भएका जनाएको छ। 
‘धनुषा र महोत्तरीमा मल अभाव छैन’
‘धनुषा र महोत्तरीमा मल अभाव छैन’ धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। उक्त कार्यालयका प्रमुख बेचनकुमार साहका अनुसार मलको पर्याप्त मौज्दात रहेको तथा सहकारी संस्थामार्फत ढुवानी तथा बिक्रीवितरण भइरहेको छ।
टीकापुर अस्पतालले थाल्यो ‘डाइलासिस’ सेवा
टीकापुर अस्पतालले थाल्यो ‘डाइलासिस’ सेवा अस्पतालमा डाइलासिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन्। यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ। कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौँ बसेर डाइलासिस गराउने गरेका छन्। 
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ। प्रदेशका विभिन्न एक सय १७ स्थानमा बाढीमा परी २२ जनाको मृत्यु भएको छ भने २४ जना व्यक्ति घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए। 
Weather Update