संसद् भवनको निर्माणमा ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरूसँग छलफल

काठमाडौं— सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद् भवनको ढिलाई बारे उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसहितका अधिकारीहरूसँग छलफल गरेका छन्।
शुक्रबार बिहान सभामुख घिमिरेले संसद् भवन निर्माणको ढिलाई बारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद् भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरूसँग छलफल गरेका हुन्।
साउन २ गते सभामुख घिमिरे निर्माणाधीन संसद् भवन पुग्दा कामदारको सङ्ख्या न्यून रहेको र तीन सिफ्टमा काम गर्ने सम्झौता रहेकोमा एक सिफ्टमा मात्र काम भइरहेको पाएपछि उनले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो।
अहिलेसम्म संसद् भवनको ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि निर्माण भएको संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ १३:०४













