News Griha :: न्यूजगृह
एक किलो कोकिनसहित २ विदेशी पक्राउ

काठमाडौं— एक किलो १०० ग्राम लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन्।

उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेल र पिंगलास्थानबाट साउन १ मा पक्राउ गरेको हो।इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौं आएका भारतीय नाकगरिक अन्सारीलाई ठमेलको एक होटलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो।

उक्त कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए।

उनी कतार एअरलाइन्सबाट साउन १ मै काठमाडौं आएका थिए। उनले ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि उक्त लागुऔषध ल्याएको खुलेको छ। ज्याकेटबाट निकालेर जुसको बट्टामा रालेको अवस्थामा कोकिन बरामद भएको थियो। 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:३१
Weather Update