सोमबारपछि वर्षा बढ्ने, यस्तो छ मौसम पूर्वानुमानशनिबार, साउन ५, २०८१

भक्तपुरमा हनुमन्ते नदी बस्तीमा पस्यो , उच्च सतर्कता अपनाउन आह्वान शनिबार, साउन ५, २०८१ भक्तपुरको शहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ।
देशभरको विद्युत वितरण प्रणालीमा समस्या, अधिकांश क्षेत्रमा एकैचोटी विद्युत अवरुद्ध शनिबार, साउन ५, २०८१ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको छ। उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रसारण लाइनमा रूख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो।

कानुन आयोगका सचिव अधिकारीको राजीनामा स्वीकृत, भोलिदेखि लागू हुने शनिबार, साउन ५, २०८१ पाल कानुन आयोगका सचिव तोयानाथ अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ। उनले घरायसी कारण देखाएर राजीनामा दिएका थिए।

नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते शनिबार, साउन ५, २०८१ शनिबार दिउँसो ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

खोटाङ प्रहरीको सक्रियता, धमाधम फरार प्रतिवादी पक्राउ पर्दै शनिबार, साउन ५, २०८१ जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ, अपराध नियन्त्रण तथा लागूऔषध ओसारपसार नियन्त्रणमा सक्रियता बढाएको छ। कार्यालयले गत आर्थिक वर्षमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेका एक सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

सर्पको टोकाइबाट घाइते भएका युवकको हेलिकप्टरबाट उद्वार शनिबार, साउन ५, २०८१ सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ।

लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ शनिबार, साउन ५, २०८१ पक्राउ पर्नेमा काठमाडौंको बोहोराटार बस्ने २८ वर्षीय विजय बोहोरा, ३७ वर्षीय हरिबहादुर बास्कोटा, बूढानीलकण्ठ बस्ने ३६ वर्षीय अनिल तामाङ र ३९ वर्षीया मुस्कान तामाङ छन्।

रुकुमपश्चिममा बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित, एक हजार ६६१ परिवार जोखिममा शनिबार, साउन ५, २०८१ रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर परिवार विस्थापित भएका छन्। आठबिसकोट नगरपालिकामा ४५ र बाँफिकोट गाउँपालिकामा तीन घरपरिवार विस्थापित भएको जनाइएको छ।

उद्योगमन्त्री भण्डारीले अस्पताल पुगेर भेटे पूर्वप्रधानमन्त्री चन्द शनिबार, साउन ५, २०८१ बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए। उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ।

एक्समा विश्वासकै बढी फलो गरिने नेता बने नरेन्द्र मोदी शनिबार, साउन ५, २०८१ एक्सका मालिक इलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सबैभन्दा धेरै फलो गर्ने नेता बनेकोमा बधाई दिएका छन्। एक्समा नरेन्द्र मोदीका फलोअर्सको सङ्ख्या १० करोड नाघेको छ।

‘क्यान्सर’ रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउँदै केयू शनिबार, साउन ५, २०८१ स्वदेशमा नै जटिल प्रकारको ‘क्यान्सर’ रोग पहिचान गर्न धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले अनुसन्धान केन्द्र सञ्चालन गर्ने भएको छ। यसका लागि केयूले भवन व्यवस्थापन गरी केन्द्र प्रमुखसमेत चयन गरिसकेको छ।

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली शनिबार, साउन ५, २०८१ अघिल्नो शुक्रबार चितवनको सिमलतालमा गएको पहिरोबाट बेपत्ता भएको दुई वटा बस र यात्रुको खोजीका लागि भारतबाट १२ जनाको टोली नेपाल आएको छ । रुपन्देहीको बेलहिया नाका हुँदै शुक्रबार राति १२ बजे ४ वटा गाडीसहित भारतको राष्ट्रिय विपद प्रतिकार्य फोर्स विज्ञसहितको टोली नेपाल आएको हो।









