News Griha :: न्यूजगृह
नारायणगढ- मुग्लिङ सडकमा बस र ट्याङ्कर ठोक्किए, १६ जना घाइते

चितवन— चितवनको भरतपुर महानगरपालिका— २९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्।

शनिबार दिउँसो ३ बजेको समयमा सडकखण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ। 

नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ। 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २०:०१
Weather Update