News Griha :: न्यूजगृह
देशभरको विद्युत वितरण प्रणालीमा समस्या, अधिकांश क्षेत्रमा एकैचोटी विद्युत अवरुद्ध

काठमाडौं—  शनिबार साँझ देशभरको विद्युत वितरण प्रणालीमा समस्या आएको छ। काठमाडौंसहित देशको अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको छ। उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रसारण लाइनमा रूख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो।

‘प्रसारण लाइनको ब्याकअप नभएका कारण विद्युत अवरुद्ध भएको हो, विराटनगर वरपरबाहेक अन्य ठाउँमा समस्या भएको छ,’ उनले भने । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २०:२३
Weather Update