कानुन आयोगका सचिव अधिकारीको राजीनामा स्वीकृत, भोलिदेखि लागू हुने

काठमाडौं— नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ।
उनले घरायसी कारण देखाएर राजीनामा दिएका थिए।
आयोगका सूचना अधिकारी गंगा न्यौपानेका अनुसार साउन ६ गते (भोलि)देखि लागू हुने गरी उनको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१ २०:१४













