News Griha :: न्यूजगृह
लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ​​​

काठमाडौं — लागुऔषध खैरो हिरोइनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको बोहोराटार बस्ने २८ वर्षीय विजय बोहोरा, ३७ वर्षीय हरिबहादुर बास्कोटा, बूढानीलकण्ठ बस्ने ३६ वर्षीय अनिल तामाङ र ३९ वर्षीया मुस्कान तामाङ छन्।

शुक्रबार दिउँसो काठमाडौंको चमतीमा खैरो हेरोइनको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार उनीहरूको साथबाट १३ ग्राम खैरो हिरोइन, ८० हजार नेपाली रुपैयाँ र एक थान डिजिटल तराजु बरामद भएको छ। 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १५:१०
Weather Update