धनकुटामा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते

धनकुटा— धनकुटा नगरपालिका-१ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन्।
धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन्।
घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
घाइते सबैको अवस्था समान्य रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ १४:३२












