सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ

काठमाडौं— सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुमबहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन छन्।
प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ। हिमालयन एअरलाइन्सको उडानद्वारा नेपाल आएका शमशेर र नुम बहादुरलाई जनही ९–९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ।
उक्त सुन विमानस्थलको पार्किङ क्षेत्रबाट साहेवले सङ्कलन गर्ने गरेको प्रहरीको भनाइ छ।
उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ १४:५३













