News Griha :: न्यूजगृह

रौतहट— मुस्लिम धर्माबलम्बीहरूको पर्व मोहरम ताजिया (दाहा) मेलामा झडप भएको छ। झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्।

रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार (लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएका थिए।

दाहा नचाउने र झन्डा गाड्ने क्रममा उच्छृङ्खल गतिविधि भई धकेलाधकेल भएको र सो क्रममा सम्झाउन खोज्दा मेलामा सहभागी ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ।

ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिए। उनीहरूको अवस्था सामान्य रहेको छ।

मेलामा नेपाल प्रहरीका एसपी दिलिप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंको कमान्डमा प्रहरी टोली परिचालन भएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:२८
Weather Update