मुस्ताङमा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

म्याग्दी— मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ।
ढुम्बाको कुछपतेरङ्गा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरूको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो।
प्रहरी, स्थानीयको सहयोगमा मजदुरको शव माटोबाट बाहिर निकालिएको हो।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ २१:०४













