News Griha :: न्यूजगृह
विपदमा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो
फाइल तस्बिर।

काठमाडौं—  यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर शनिबारसम्म एक सय २८ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपदमा परी एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन्।

प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको मृत्यु भएको छ। 

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। विपदमा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन्। उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन्।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २१:४९
Weather Update