भिनाजुको हत्या गर्ने पक्राउ

सोलुखुम्बु— भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बुमा एक जना पक्राउ परेका छन्।
थुलुङ दूधकोशी गाउँपालिका-२ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत शनिबार पक्राउ परेका हुन्।
सोही गाउँपालिका-१ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका भिनाजु सुरेशलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। सुरेशको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको थप अनुसन्धान भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १०:४८













