कारले मोटरसाइकललाई ठक्कर दिँदा लेक साइडमा एकजनाको मृत्यु

कास्की— पोखरा महानगरपालिका–६ लेक साइडमा आइतबार बिहान भएको दुर्घटनामा २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको छ।
बिहान पौने ६ बजेतिर ग३च ३४५७ नम्बरको कारले ग११प ९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा परियारको मृत्यु भएको हो।
गाडीको ठक्करले गम्भीर घाइते भएका परियारलाई उपचार लागि गण्डकी मेडिकल कलेज लगिएकोमा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
कार चालक पोखरा–१७ का ३० वर्षीय सुशील दहित प्रहरी नियन्त्रणमा छन्।
घटनाबारे अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १०:०२












