६ वटै उद्योगमा लाइन जोडियोमंगलबार, साउन ८, २०८१

लागुऔषध सेवनगरी दुर्घटना गराउने व्यक्ति पक्राउ मंगलबार, साउन ८, २०८१ सोमबार बेलुका काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित सार्वजनिक सडक खण्डमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

बाँकेको सन्तानेश्वर मन्दिरमा धार्मिक पर्यटकको चहलपहल मंगलबार, साउन ८, २०८१ धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएको नरैनापुरका सोहनलाल यादव बताउँछन्। पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जङ्गलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ।

पहिरो रोक्न त्रिपालको सहारा मंगलबार, साउन ८, २०८१ लगातारको वर्षाले पटकपटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ।

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि मंगलबार, साउन ८, २०८१ संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा राखिएको छ।

सांसदले घुस दिएका विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छुः गृहमन्त्री लेखक मंगलबार, साउन ८, २०८१ गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोले घुस दिएको विषय तत्काल अनुसन्धान गर्न प्रहरी निर्देशन दिइसकेको बताएका छन्।

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले दिए सचिवलाई शौचालयमा थुनेर कुट्ने धम्की मंगलबार, साउन ८, २०८१ नेपाली कांग्रेसका नेता एवं निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने धम्की दिएको सचिव भट्टराईले बताए। भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएका छन्।

पूर्वराज्यमन्त्री रायको हत्याबारे सूक्ष्म अनुसन्धान भइरहेको छः गृहमन्त्री मंगलबार, साउन ८, २०८१ गृहमन्त्री रमेश लेखकले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्।

गृहमन्त्री लेखकद्वारा विपदका घटना बारे संसद्मा जानकारी मंगलबार, साउन ८, २०८१ त्यस्तै उनले ४८ जना बेपत्ता भएकाहरूको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय भएको छ। घाइते १४४ जना मध्ये ५ उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए।

एमालेको आरोप— २०७२ देखि उर्जाको जिम्मेवारी लिएर माओवादीले महसुल विवाद समाधान गरेन मंगलबार, साउन ८, २०८१ नेकपा एमालेले २०७२ सालदेखि उर्जा मन्त्रालयको जिम्मेवारी लिए पनि माओवादी केन्द्रले डेडिकेटेड तथा ट्रङ्क लाइन विवाद समाधान नगरेको आरोप लगाएको छ।

फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, साउन ८, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध मुद्दा दायर गरेको छ।

हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा मंगलबार, साउन ८, २०८१ राति नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ। ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा–काठमाडौंतर्फको यातायात अवरुद्ध भएको थियो।

सिमलताल पहिरो : बससहित यात्रुको खोजी जारी मंगलबार, साउन ८, २०८१ भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ।









