
काठमाडौं— लागुऔषधसेवनगरी दुर्घटना गराएको भन्दै एक जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार बेलुका काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित सार्वजनिक सडक खण्डमा कालीमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कारले दुर्घटना गराउँदा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।
भूपेन्द्र श्रेष्ठले लागुऔषधप्रयोगगरीलापर्वाहीपूर्वक चलाएको बा१९व ५११६ नम्बरको निजी कारले सोही सडकको दाँया‘साइड’को सडकपेटीको भागमा पैदल हिँड्दै गरेका तीन जना व्यक्तिलाई ठक्कर दिएको थियो।
तीनै जना पैदलयात्रुलाई उद्धारगरी बल्खुस्थित बयोधा अस्पताल पठाइएको छ। श्रेष्ठको साथबाट लागुऔषधजन्य पदार्थ र कारसमेत नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार कारको ठक्करबाट घाइते हुनेमा भारत घर भई काठमाडौं बस्ने वर्ष १८ को प्रियन्सु कुमार, भारत घर भएका अर्का वर्ष २५ को भोलाकुमार र काठमाडौं बस्ने वर्ष १९ को श्यामबाबु ठाकुर छन्।












