News Griha :: न्यूजगृह
बाँकेको सन्तानेश्वर मन्दिरमा धार्मिक पर्यटकको चहलपहल

बाँके— साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ।

नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त  मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ।

सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको छ। हिजो सोमबार बाँके, बर्दिया, दाङलगायत  भारतबाट पजि भक्तजन आएका मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिए। 

धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएको नरैनापुरका सोहनलाल यादव बताउँछन्। पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जङ्गलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ। 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:१३
Weather Update