फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले हुसैनले सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो।
हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग सो रकम घुस वापत लिएको पुष्टि भएको भन्दै सोही रकम बराबरको बिगो कायम गर्दै मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ १४:३२













