News Griha :: न्यूजगृह
पोखराका लागि उड्ने बित्तिकै खस्यो सौर्य एअरलाइन्सको जहाज [अपडेट]

काठमाडौं—  त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ। बुधबार करिब ११ बजे सौर्य एअरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्यन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्ने बित्तिकै जहाज एकाएक खसेको जानकारी दिए। 

‘जहाज उड्ने बित्तिकै तुरुन्तै दुर्घटना भएको पाइएको छ। अरु थप आउने क्रममा छ,’ ती अधिकारीले भने।  

९ एनएएमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन्।

विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ। विमानमा सवारहरूको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:५०
Weather Update