अपडेट
सौर्य जहाज दुर्घटनाः १८ जनाको शव निकालियो, पाइलट मनिष शाक्यको उपचार हुँदै [अपडेट]
काठमाडौं— त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्धार जारी छ।
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले १८ जनाको शव निकालेका छन्। विमानका चालक मनिषरत्न शाक्यको उद्धार गरिएको छ। उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।
बुधबार करिब ११ बजे सौर्य एअरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए।
विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन। विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १२:२२