त्रिभुवन विमानस्थलमा उडान-अवतरण पुनः सुरु

काठमाडौं— सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछि प्रभावित भएको त्रिभुवन विमानस्थलको नियमित सेवा पौने १ बजेदेखि पुनः यथावत् भएको छ।
विमानस्थल एअर ट्राफिकले दिएको जानकारीअनुसार पौने १ देखि सेवा सुचारु भएको हो।
यसअघि विमान बंगलादेशको जहाज र मलेसिया एअरलाइन्सको जहाजलाई डाइभर्ट गरिएको थियो।
बैङ्ककबाट आएको थाइ एअरवेजको जहाज भने होल्डिङमा छ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १२:४९













