News Griha :: न्यूजगृह
कान्ति लोकपथ अवरुद्ध
कान्ति लोकपथ अवरुद्ध काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ।कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो।
उद्योगी व्यवसायीका समस्याप्रति मधेस सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह
उद्योगी व्यवसायीका समस्याप्रति मधेस सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। जनकपुरधाममा आइतबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री सिंहले भने, 'मैले व्यवसायीहरूका समस्या बुझेको छु, उनीहरूलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको छ। करको झन्झट छ, भन्सार कार्यालयमा दक्ष जनशक्ति अभावले पनि काम गर्न कठिनाइ भएको छ।'
गोरखा पहिरो: घाइतेलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
गोरखा पहिरो: घाइतेलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइयो प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एअरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए।
कारागार र बालसुधार गृह सुधार्नुपर्ने छ : गृहमन्त्री लेखक
कारागार र बालसुधार गृह सुधार्नुपर्ने छ : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको अवस्था सुधार्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन्।आइतबार सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले कारागार र बाल सुधार गृहमा भौतिक संरचनाको अभाव देखिएको बताए।
निलम्बित मुख्यसचिव अर्याल बयान दिन विशेष अदालतमा उपस्थित
निलम्बित मुख्यसचिव अर्याल बयान दिन विशेष अदालतमा उपस्थित अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो। भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो।
रौतहटमा दलित बालिकामाथि सामूहिक बलात्कार, २२ दिनपछि मुद्दा दर्ता
रौतहटमा दलित बालिकामाथि सामूहिक बलात्कार, २२ दिनपछि मुद्दा दर्ता रौतहटको गुजरा नगरपालिकाकी एक दलित बालिकामाथि सामूहिक बलात्कार भएको छ। घटना भएको २२ दिनपछि मुद्दा दर्ता भएको छ। मुद्दा दर्तापछि मात्रै घटना सार्वजनिक भएको हो।
दाङमा गुडिरहेको एक ट्रकमा आगलागी
दाङमा गुडिरहेको एक ट्रकमा आगलागी पूर्वपश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो।
धार्चे पहिरोमा परेका दुई जनाको उद्धार
धार्चे पहिरोमा परेका दुई जनाको उद्धार धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन्।पहिरोले कृषि फर्म र एक घर पनि बगाएको छ। कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता छन्। 
ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा
ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा सिरहाका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिए। यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उनले बताए। 
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र एक वर्षमा झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो। 
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु आइतबार बिहान सवा १ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ नयाँ ठिमीमा गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो।
गण्डकीका यातायात व्यवसायी आन्दोलित, सार्वजनिक यातायात चलेनन्  
गण्डकीका यातायात व्यवसायी आन्दोलित, सार्वजनिक यातायात चलेनन्   गण्डकीका यातायात व्यवसायी आन्दोलित भएका छन्।आन्दोलनका कारण गण्डकीमा सार्वजनिक यातायात चलेका छैनन्। राइड सेयरिङको विरोध गर्दै यातायात व्यवसायी आन्दोलित भएका हुन्।
Weather Update