News Griha :: न्यूजगृह
बागमती किनार क्षेत्र डुबानमा
बागमती किनार क्षेत्र डुबानमा रातभर परेको पानीका कारण काठमाडौंको बागमती किनार क्षेत्र डुबानमा परेको छ। बागमती नदी किनार क्षेत्र टेकु, यूएन पार्क बागमती विष्णुमती दोभान क्षेत्र डुबानमा परेका हुन्।
कहाँ कति पानी पर्‍यो?
कहाँ कति पानी पर्‍यो? पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकासहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको शक्तिखोरमा पछिल्लो ६ घण्टामा १३६.६ मिलिमिटर वर्षा भएको छ।
जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे
जुम्लामा चट्याङ पर्दा एक सय भेडा मरे गाउँपालिकाको वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए।
खोला बस्तीमा पस्दा भक्तपुरमा ३० घर डुबानमा, ३० लाख बढीको क्षति
खोला बस्तीमा पस्दा भक्तपुरमा ३० घर डुबानमा, ३० लाख बढीको क्षति  सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन्। गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ। 
सांसद पौडेलको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?
सांसद पौडेलको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ? राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले भने, ‘स्वदेशमै टिक्ने र बिक्ने जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?’ 
 जुम्लामा भदौ अघि स्याउ टिप्न नपाइने
 जुम्लामा भदौ अघि स्याउ टिप्न नपाइने जुम्लाको तिला गाउँपालिकाले स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ ५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ।
कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो
कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे  शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो। उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याक पालन नै...
आज यी प्रदेशमा धेरै भारी वर्षा
आज यी प्रदेशमा धेरै भारी वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  
कैदी मृत्यु प्रकरण: ५८ जना कैदीबन्दीसँग बयान लिइयो
कैदी मृत्यु प्रकरण: ५८ जना कैदीबन्दीसँग बयान लिइयो सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ। जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र (बयान) लिएको जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिए।
आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना
आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना  आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन महानगरपालिकाका प्रमुख धनराज आचार्यको निर्देशनमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति गठन गरिएको हो। समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य रहेका छन् भने समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ।
धार्चे पहिरोमा परेका ४ जनाको शव भेटियो, १ जनाको खोजी जारी
धार्चे पहिरोमा परेका ४ जनाको शव भेटियो, १ जनाको खोजी जारी सुलाल कान्छा गुरुङ, उनका छोरा जितबहादुर गुरुङ र बुहारी कान्छी गुरुङ र रमेश गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए।
Weather Update