News Griha :: न्यूजगृह
कहाँ कति पानी पर्‍यो?

काठमाडौं— पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकासहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको शक्तिखोरमा पछिल्लो ६ घण्टामा १३६.६ मिलिमिटर वर्षा भएको छ।

चितवनकै नारायणी फिल्ड अफिस केन्द्रमा ११७.६ मिलिमिटर पानी परेको छ। धादिङ गजुरीमा ८० मिलिमिटर वर्षात् भएको छ।

सिन्धुपाल्चोकको भोताङमा पनि पछिल्लो ६ घण्टामा १०३.६ मिलिमिटर पानी परेको छ। सिन्धुपाल्चोककै बाह्रबिसेमा ८३, मानेखर्कमा ७७.४, बाहुनेपाटीमा ९०, दुवाचौरमा ७९, बाँसखर्कमा ७७.४, बोल्देमा ७३.६ मिलिमिटर पानी परेको छ।

काठमाडौंको धापमा पनि भारी वर्षा भएको छ। धप क्षेत्रमा ९९.६, बूढानीलकण्ठमा ८९.४, भक्तपुरको नगरकोटमा ८३ मिलिमिटर पानी परेको छ।

पश्चिम नवलपरासीको सेमरीमा पछिल्लो ६ घण्टामा ८७.२, बाराको परवानीपुरमा ७५.१ बराकै रजुवामा ९१ मिलिमिटर पानी परेको छ। त्यस्तै कपिलवस्तुको तौलिहवामा ७९.६ मिलिमिटर पानी परेको छ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०६:११
Weather Update