बागमती किनार क्षेत्र डुबानमा

काठमाडौं— रातभर परेको पानीका कारण काठमाडौंको बागमती किनार क्षेत्र डुबानमा परेको छ। बागमती नदी किनार क्षेत्र टेकु, यूएन पार्क बागमती विष्णुमती दोभान क्षेत्र डुबानमा परेका हुन्।
बागमती र सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खु खोला लगायतमा जलसतह खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ०८:४६













