राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले दिए राजीनामाबुधबार, साउन १६, २०८१

प्रहरी हिरासतमा थुनुवाको मृत्यु बुधबार, साउन १६, २०८१ मङ्गलबार राति १:४० बजे स्वास्थ्यमा समस्या आएपछि खड्कालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए।

महोत्तरीमा बाढीले पुलमा क्षति पुर्याउँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध बुधबार, साउन १६, २०८१ महोत्तरीको बेलगाछी पुलमा बाढीले क्षति पुर्याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। बर्दिबास भन्दा पश्चिम टुटेश्वर नजिक रहेको ढुंग्रे खोलामा आएको बाढीले बेलगाछी पुलमा पुर्याएको हो।

नयाँ बसपार्कमा युवकको शव भेटियो बुधबार, साउन १६, २०८१ मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए।

रुकुम पश्चिममा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, तीन जना पक्राउ बुधबार, साउन १६, २०८१ १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभास बन गोसाई छन्।

एमाले मुख्यालय डुबानमा बुधबार, साउन १६, २०८१ राति परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो।

बाढीले बगाएका एक मजदुरको शव फेला, अर्का बेपत्ताको खोजी हुँदै बुधबार, साउन १६, २०८१ बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ।
-1722404939.jpg)
हनुमन्तेमा बाढीः मध्यरातदेखि नै भक्तपुरका विभिन्न स्थान प्रभावित, लाखौँको क्षति बुधबार, साउन १६, २०८१ भक्तपुर मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए। बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारिसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त रहे।

दुर्घटनामा सैनिक जवानको मृत्यु बुधबार, साउन १६, २०८१ मङ्गलबार राति भरतपुर–१ पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कारमा विपरीत दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
-1722400387.jpg)
काठमाडौंमा बाढीः ३६ जनाको उद्धार बुधबार, साउन १६, २०८१ नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ। काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो।
-1722395909.jpg)
ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प बुधबार, साउन १६, २०८१ गएराति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन्।प्रहरी परिसर ललितपुरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गएरातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेकपा एमालेको कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ।
-1722396504.jpg)
बेँसीसहर–चामे सडक अवरुद्ध बुधबार, साउन १६, २०८१ पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। गएरातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको उद्धार बुधबार, साउन १६, २०८१ गएराति परेको अविरल वर्षाको कारण काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।









