महोत्तरीमा बाढीले पुलमा क्षति पुर्याउँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

धनुषा— महोत्तरीको बेलगाछी पुलमा बाढीले क्षति पुर्याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। बर्दिबास भन्दा पश्चिम टुटेश्वर नजिक रहेको ढुंग्रे खोलामा आएको बाढीले बेलगाछी पुलमा पुर्याएको हो।
मङ्गलबार राति आएको बाढीले पुलभन्दा पश्चिमको भाग बगाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए।
पुल क्षतिग्रस्त भएपछि राजमार्गमा अलपत्र परेका सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गरी आवतजावत भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।
पुलमुनि बालुवा जमेर सतहमाथि आउँदा बाढीले ७ फिट राजमार्ग बगाएको उनले बताए। क्षतिग्रस्त राजमार्ग साँझसम्म मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १३:१९













