News Griha :: न्यूजगृह
राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले दिए राजीनामा

काठमाडौं— राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन्।

वैरागीले साउन ९ मै राजीनामा दिएका हुन्।

पूर्वमुख्यसचिव वैरागी  जेठ ३२, २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए। वैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी छँदा वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए।

भ्रष्टाचार मुद्दा दायर भएपछि मुख्यसचिव अर्याल निलम्बनमा परेका छन्।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:१३
Weather Update