कीर्तिपुरमा बाढीमा फसेका १५ जनाको उद्धार

काठमाडौं— गएराति परेको अविरल वर्षाको कारण काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
नेपाल नं १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा फसेका १५ जनाको उद्धार गरेको हो। अविरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५ बजे सो गण बाट फौज परिचालन गरिएको थियो।
उनीहरूलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थलमा ल्याइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ०९:०९













