News Griha :: न्यूजगृह
रुकुम पश्चिममा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, तीन जना पक्राउ

रुकुम पश्चिम— १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभास बन गोसाई छन्।

उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित होटेलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:२४
Weather Update