दुर्घटनामा सैनिक जवानको मृत्यु

चितवन— भरतपुरमा कारमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
मङ्गलबार राति भरतपुर–१ पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ३२८९ नम्बरको कारमा विपरीत दिशाबाट आइरहेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
मोटरसाइकलको लेगार्डले कारमा लाग्दा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पर्खालमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकलमा सवार नम्बर २ विपद व्यवस्थापन गण रसौली ब्यारेकमा कार्यरत सिपाही तनहुँको घर भएका २७ वर्षका निगम नेपाली सार्कीको मृत्यु भएको उनले बताए।
दुर्घटनामा तनहुँकै २६ वर्षका दिनेश थापा गम्भीर घाइते छन्। उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
कार चालक धादिङका ४२ वर्षीय राजु भण्डारी प्रहरीको नियन्त्रणमा छन्।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १०:२६












