News Griha :: न्यूजगृह
एमाले मुख्यालय डुबानमा

ललितपुर— ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ।

राति परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो।

बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ। मुख्यालय परिसर जलमग्न भएका छन्। 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:०१
Weather Update