-1722395909.jpg)
काठमाडौं— काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन्।
बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। काठमाडौं प्रहरीका अनुसार, मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय रामसरूप महतो छन्।
बुधबार बिहान साढे ७ बजेतिर उनको शव बल्खु पुल मुनि अडकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी वृत्त, कालिमाटीले घटनास्थलको मुचुल्का र थप अनुसन्धान गरिरहेको जनाइएको छ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण उपत्यकाका नदीहरूमा बाढी आएको छ। बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर, कीर्तिपुर लागयतका क्षेत्रबाट प्रहरीले डुबानमा परेकाहरूको उद्धार पनि गरेको छ। कुलेश्वर र बल्खुबाट मात्रै ११ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
नयाँ बसपार्कस्थित मितेरी पुलबाट २४ वर्षीया मनिषा बुढाथोकीलाई उद्धार गरेर ग्रिनसिटी अस्पतालमा लगिएको छ।













