News Griha :: न्यूजगृह
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र
फाइल तस्बिर।

झापा— एक वर्षमा झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो। 

समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३ दशमलब तीन दुई किलोमिटर ग्राभेल गरिएको छ। 

चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन्। 

झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा तीन दशमलब पाँच किलोमिटर सडक मर्मत, चार दशमलब दुई सय ८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, दुई दशमलब दुई पाँच किलोमिटर सोलिङ र शून्य दशमलब तीन सय ५५ किलोमिटर सडक कालोपत्र गरेको तथा दुईवटा मोटरेबल पुल निर्माण गरेको कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताए। 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १०:०१
Weather Update