News Griha :: न्यूजगृह
धार्चे पहिरोमा परेका दुई जनाको उद्धार

गोरखा — धार्चेगाउँपालिका–५ गुम्दास्थित रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन्।

पहिरोले कृषि फर्म र एक घर पनि बगाएको छ। कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता छन्। 

जितबहादुरसहित श्रीमती कान्छी, उनका बुवा ६० वर्षीय सुलाल कान्छा, सोही ठाउँका रमेश गुरुङ, ट्याक्टर चालक रमेश परियार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेका दुई जनाको भने उद्धार गरिएको छ। नान्सेन सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले कृषि फर्म र एक घर पुरेको हो।

घटनाको विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १०:२०
Weather Update