News Griha :: न्यूजगृह
निलम्बित मुख्यसचिव अर्याल बयान दिन विशेष अदालतमा उपस्थित
फाइल तस्बिर।

काठमाडौं— निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन विशेष अदालतमा उपस्थित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ३५ दिनपछि उनी विशेष अदालतमा उपस्थित भएका हुन्।

आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन्। बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ।

अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो। भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:५७
Weather Update