News Griha :: न्यूजगृह
आगामी रणनीति तय गर्न समाजवादी मोर्चाको बैठक बस्दै
आगामी रणनीति तय गर्न समाजवादी मोर्चाको बैठक बस्दै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ। समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि नेताहरूले बताएका छन्। 
स्पष्ट अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने
स्पष्ट अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने माओवादी केन्द्रको तर्फबाट बागमती सरकारको नेतृत्व गरिरहेका जम्कट्टेलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्रीबाट राजीनामा नदिने बरु विश्वासको मत लिने टुङ्गोमा पुगेका हुन्। 
प्रधानमन्त्री ओलीले साउन ६ गते संसद्लाई सम्बोधन गर्ने 
प्रधानमन्त्री ओलीले साउन ६ गते संसद्लाई सम्बोधन गर्ने  सोमबार प्रधानमन्त्री पदको शपथ लिएका ओलीले पहिलो संसद् सम्बोधनको मिति तय गरेका हुन्। ‘आज स्थगित भएको बैठक साउन ६ गते बस्दैछ । त्यसैदिन प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने भएको छ,’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने।
अब मन्त्रिपरिषद्का निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गरिने
अब मन्त्रिपरिषद्का निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गरिने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सोमबार बसेको थियो। बैठकले सरकारको प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोकेको छ।
विपद्‌मा परी बेपत्ता भएको १० दिनपछि मृतकसरह परिवारलाई राहत दिइने
विपद्‌मा परी बेपत्ता भएको १० दिनपछि मृतकसरह परिवारलाई राहत दिइने सरकारले विपद्‍का घटनामा परी बेपत्ता भएका व्यक्ति १० दिनसम्म फेला नपरे मृतक सरह परिवारलाई राहत उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
‘शालीन व्यक्तित्व: गृह प्रशासनको नेतृत्व’
‘शालीन व्यक्तित्व: गृह प्रशासनको नेतृत्व’ नेपाली कांग्रेसभित्र प्रभावशाली एवं समन्वयकारी नेताका रूपमा स्थापित नेता रमेश लेखकले मुलुकको गृह प्रशासनको नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।अ
ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी
ऊर्जा क्षेत्रका जानकार खड्कालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्री खड्काले आजै सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे। पदभार ग्रहण गर्दै मन्त्री खड्काले ‘ऊर्जा जलस्रोत तथा सिँचाइका क्षेत्रमा देखिएका समस्या पहिचान गरी...
आरजुले सम्हालिन् परराष्ट्रमन्त्रीको जिम्मेवारी 
आरजुले सम्हालिन् परराष्ट्रमन्त्रीको जिम्मेवारी  नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जिम्मेवारी सम्हालेकी छिन्। सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहणपछि सिंहदबारस्थित मन्त्रालय पुगेर मन्त्रालयको कार्यभार सम्हालेकी हुन्। पहिलोपटक मन्त्री बनेकी उनी पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी समेत हुन्। 
ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन मन्त्री
ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन मन्त्री पर्सा जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद संघीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा यहाँबाट तीनजना सांसद मन्त्री बनेसँगै यहाँका स्थानीय, बुद्धिजीवी तथा उद्योगी, व्यवसायीमा जिल्लाको समग्र विकास निर्माणसहित राज्यको अन्य क्षेत्रमा उपस्थिति शसक्त र...
कृषि मन्त्रालयमा कर्मचारीको धर्ना, नवनियुक्त मन्त्रीले पाएनन् कार्यभार सम्हाल्न
कृषि मन्त्रालयमा कर्मचारीको धर्ना, नवनियुक्त मन्त्रीले पाएनन् कार्यभार सम्हाल्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज पनि विभिन्न माग राखेर कर्मचारीहरुले धर्ना दिएका छन्। अन्य मन्त्रालयहरुमा नयाँ मन्त्रीहरुलाई स्वागत गर्न कर्र्मचारीहरु फूलमाला लिएर स्वागतमा बसे पनि कृषि मन्त्रालयका कर्मचारीहरु भने धर्नामा छन्। नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारी शीतल निवासमा शपथग्रहणपछि कार्यभार सम्हाल्न सिंहदबारस्थित मन्त्रालय पुगे। तर मन्त्रालयको मूलगेटमै कर्मचारीहरुको धर्नाका कारण...
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने 
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन्।  विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सो बैठकले कार्यसूची तयार गरी बैठकमा प्रस्तुत गर्ने बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।
नवनियुक्त श्रममन्त्री भण्डारीद्वारा पदभार ग्रहण
नवनियुक्त श्रममन्त्री भण्डारीद्वारा पदभार ग्रहण नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन्।राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै  मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। उनी यसअघिको सरकारमा पनि विसं २०७९  चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए। 
Weather Update