प्रधानमन्त्री ओलीले साउन ६ गते संसद्लाई सम्बोधन गर्ने

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन्।
सोमबार प्रधानमन्त्री पदको शपथ लिएका ओलीले पहिलो संसद् सम्बोधनको मिति तय गरेका हुन्। ‘आज स्थगित भएको बैठक साउन ६ गते बस्दैछ । त्यसैदिन प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने भएको छ,’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने।
उनका अनुसार साउन ७ मा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम छ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ २१:१४