संसद्लाई बिजिनेस दिने बारे प्रमुख सचेतकहरूसँग सभामुखको छलफलबिहीबार, साउन ३, २०८१

देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन, यसलाई बदल्नुपर्छ: प्रधानमन्त्री ओली बिहीबार, साउन ३, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका हुन्।
-1721038076.jpg)
आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, दुईतिहाइ सांसद पक्षमा बिहीबार, साउन ३, २०८१ संसद्का प्रमुख २ दल कांग्रेस र एमाले मिलेर सरकार बनेकाले प्रधानमन्त्री ओलीलाई सामान्य बहुमतका लागि समस्या हुँदैन। दुवै दल मिल्दा स्पष्ट बहुमत पुगिसकेको छ। तर नयाँ गठबन्धनले संविधान संशोधनको सहमति गरेको चर्चाबीच प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्छ कि पुग्दैन भन्ने चासो देखिन्छ।

कर्णाली सरकार: राजीनामा दिने तयारीमा माओवादी मन्त्री बिहीबार, साउन ३, २०८१ नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन्।संघीय सरकार गठनका लागि सत्ता समीकरण फेरिएसँगै कर्णाली प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीले राजीनामा दिन लागेको बताएका छन्।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त बुधबार, साउन २, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

आगामी आइतबार विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी बुधबार, साउन २, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी थालेका छन्। गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए।

सत्तापक्षको मुख्य सचेतकमा एमालेका महेश बर्तौला नियुक्त बुधबार, साउन २, २०८१ सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन्।प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन्।

फेरि फुट्यो वैद्य नेतृत्वको पार्टी बुधबार, साउन २, २०८१ मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरि फुटेको छ।

समाजवादी मोर्चाद्वारा ४ सदस्यीय कार्यदल गठन बुधबार, साउन २, २०८१ समाजवादी मोर्चाले आगामी योजना र कार्यक्रम बनाउन ४ सदस्यीय कार्यदल बनाएको छ। मङ्गलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले विगतका अनुभवहरूलाई समीक्षा गरेर नयाँ कार्यक्रम र योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको हो।

सुदूरपश्चिममा नाउपा विवादः दलको नेताबाट घनश्यामलाई हटाएर खुसीराम चयन मंगलबार, साउन १, २०८१ संसदीय दल नेतालगायत अन्य परिवर्तन गरेको विषयमा प्रदेश सभा सचिवालय पनि जानकारी गराइसकेको छ। नाउपाको संघीय संसदीय दल नेताबाट रञ्जिता श्रेष्ठलाई रेशम समूहले बहुमत जुटाएर हटाएको थियो। गङ्गाराम चौधरी, अरुण चौधरी र लालवीर चौधरीले रञ्जितालाई दल नेताबाट हटाएर गंगारामलाई नयाँ दल नेता बनाएका थिए।

देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली मंगलबार, साउन १, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन्।

राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण मंगलबार, साउन १, २०८१ राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् ।